श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर ८ गते बुधबार, २४ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग कृष्णपक्षको पञ्चमी तिथि ३ः२५ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र पूनर्वशु १६ः४७ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः३१ र सूर्यास्त ५ः०९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूलाई प्रभावित पारेर काम बन्नेछ । मुद्दा, मामिलामा विजयी भइने योग छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ । प्रेमसम्बन्ध सफल रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरायसी कार्य अगाडि बढ्नेछ । परिवारमा सुख–सन्तोष आउने देखिन्छ । दिन राम्रो रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सफल यात्राको योग रहेको छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अधुरा कार्य पूरा गर्न मित्रजनको सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानातिना समस्यामा अल्झनु पर्ने देखिन्छ । आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार–व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तराद्र्ध सुखद् रहनेछ । यात्रा सफल हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । दिन राम्रो रहेको छ ।