श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर १० गते शुक्रबार,  २६ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग कृष्णपक्षको सप्तमी तिथि भोलि ६ः०३ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र अश्लेषा २०ः५६ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि ककर्ट, सूर्योदय ६ः३२ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसाय क्षेत्रबाट प्रशस्त लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विद्या र बुद्धिको विकास हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । समय उत्तमखालको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मित्रबाट विशेष सहयोग मिल्नेछ । चिन्ता हटेर मन प्रसन्न रहला । साथीभाइसित भेटघाट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन–अध्यापनमा प्रगति हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ । रोजगारको अवसर मिल्नेछ । दिन राम्रो रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्साहवद्र्धक रहला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । समय उत्तमखालको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन मनोरञ्जनपूर्ण बित्नेछ । छोटो दूरीको सफल यात्रा रहला । मन प्रसन्न रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । प्रेममा मधुरता छाउनेछ ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आलश्य र थकानको अनुभूति हुनेछ । आर्थिक सङ्कटले पनि सताउन सक्छ ।