श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर ११ गते शनिबार, २७ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग कृष्णपक्षको अष्टमी तिथि ६ः२३ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र मघा २२ः०२ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः३३ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । रमणीय र सुखद् यात्रा हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
थालेका कामबाट राम्रै लाभ हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वैदेशिक कार्य अघि बढ्नेछ । बौद्धिकताको विकास हुनेछ । दिन राम्रो रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा उत्पन्न अस्थिरताका कारण निर्णयात्मक क्षमतामा कमी आउनेछ । दिन सामान्य रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मुद्दामामिला आइलाग्न सक्छ । तर, साँझमा भने शुभसमाचार सुन्न पाइएला । दिन सामान्य रहनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तको प्रगतिमा मन रमाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भौतिक साधन जुटाउने समय छ । विद्या र बुद्धिको विकास हुनेछ । दिन राम्रो छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गरेको कामबाट दोहोरो लाभ मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनोरञ्जनमा सहभागिता भइएला । तर, साँझमा खर्च बढ्न सक्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुने देखिन्छ । यात्रा फलदायी रहनेछ ।