श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर १२ गते आइतबार,  २८ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग कृष्णपक्षको नवमी तिथि ५ः५२ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पूर्वफाल्गुनी २२ः२४ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः३४ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । व्यापार–व्यवसायबाट आम्दानी हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
घरमा अतिथिको आगमन हुनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घरमा अतिथि आगमन हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार–व्यवसायबाट लाभ मिल्नेछ । स्वादिष्ट भोजन पनि मिल्ला । दिन राम्रो रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुविचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
महिलावर्गबाट विशेष सहयोग पनि मिल्नेछ । शुभकार्यको चर्चा चल्ने देखिन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लाभ–हानि, आय–व्यय, सुख–दुःख बराबरी रहेको मध्यम् खालको समय छ । तीर्थयात्राको योग रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन मनोरञ्जनपूर्ण रहनेछ । सामाजिक कामको दायित्व बढ्ने देखिन्छ । दिन राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायका लागि यात्राको सम्भावना छ तर, घरायसी व्यवहारबाट टाढै बस्नु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्तको प्रगतिमा मन रमाउनेछ । आर्थिक क्षेत्रमा सोचे जस्तै लाभ लिन सकिनेछ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । व्यापार– व्यवसायमा प्रगति होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ ।