श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर १३ गते सोमबार, २९ नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग कृष्णपक्षको दशमी तिथि ४ः३३ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र उत्तरफाल्गुनी २१ः५९ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः३५ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक भेटघाटले खुसीयाली छाउनेछ । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । विद्यामा सफलता पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तसँग रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर प्राप्त हुने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको कामलाई निरन्तरता दिन सकिनेछ । अध्ययन–अध्यापनमा रुचि बढ्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सरकारी निकायबाट सहयोग प्राप्त हुनेछ । सामाजिक कार्यमा रुचि बढ्ने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिन र ठेक्का–पट्टाको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । छोटो दूरीको यात्रा होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार–व्यवसायबाट सोचेअनुरूप लाभ नहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुरानो रोग बल्झिनाले पुनः स्वास्थ्यमा नकारात्मक असर देखिनुका साथै खर्च पनि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ मिल्नेछ । आफन्तको सहयोग प्राप्त होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषिजन्य व्यवसायबाट मनग्य लाभ होला । लामो दूरीको यात्रा सफल रहला ।