श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर १४ गते मङ्गलबार, ३० नोभेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग कृष्णपक्षको एकादशी तिथि २ः३२ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र हस्ता २०ः४९ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः३६ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । बोलीको प्रभाव पनि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अभिभावकको सुझावले उचाइमा प्रत्याउन सहयोग गर्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । कुनै प्रसङ्गले मनमा शान्ति छाउने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मन शान्त रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
राजनैतिक कार्यमा बाधा उत्पन्न हुनेछ । नाक तथा घाँटीमा समस्या आउन सक्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्रामा विशेष लाभ मिल्ने देखिन्छ । शत्रुपक्ष र रोगबाट छुटकारा मिल्ने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तराद्र्ध अघिक सुखद् रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
थालेका कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धार्मिक कार्य सफल रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने देखिन्छ । दिन राम्रो छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बैद्धिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेमसम्बन्ध पनि कसिलो होला । दिन राम्रो रहेको छ ।