श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर १५ गते बुधबार,  १ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग कृष्णपक्षको द्वादशी तिथि २३ः५२ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र चित्रा १९ः०१ बजेसम्म, उप्रान्त स्वाति, चन्द्रमाराशि तुला, सूर्योदय ६ः३७ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कामको थालनी हुने देखिन्छ । दिन राम्रो छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक कार्य सफल रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने देखिन्छ । यात्रा सफल रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायका लागि यात्राको सम्भावना छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । दिन सामान्य छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । लामो दूरीको यात्रा रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक समस्याका कारण मानसिक चिन्ता बढ्नेछ । आँखासम्बन्धी समस्याले सताउनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ । छोटो दूरीको यात्रा हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विद्या र बुद्धिको विकास हुनेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । फाइदाका लागि कामकाज दोहो¥याउनु पर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्ने देखिन्छ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धार्मिक कार्य सफल रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने देखिन्छ । दिन राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धार्मिक यात्राको योग छ । सुविचारले अभिप्रेरित हुनेहरूलाई  प्रशस्त लाभ मिल्नेछ ।