श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर १६ गते बिहीबार,  २ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग कृष्णपक्षको त्रयोदशी तिथि २०ः४३ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र स्वाति १६ः४१ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः३७ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । आफ्नो लाभांशमाथि अरूले दाबी विरोध गर्न सक्नेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला । शुभचिन्तकहरूका माध्यमबाट कर्जाको धन हात पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । परिवारमा फेरि असमझदारी बढ्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पु¥याउनेछ । बुद्धिको उपयोगले धन आर्जन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन् । रोकिएका काम पुनः सुचारु हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वैदेशिक यात्राको योग रहेको छ । व्यापार–व्यवसायबाट मनग्य लाभ रहला ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेमसम्बन्धमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या आउनुका साथै खर्च पनि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायमा लागनी गर्दा प्रशस्त मात्रामा लाभ मिल्नेछ । आफन्तको सहयोग प्राप्त होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सवारी साधन खरिद गर्ने योग रहेको छ । वैदेशिक कार्य अघि बढ्नेछ ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक समस्या बढ्नेछ । कार्यहरू अधुरै रहनेछन् । समय मध्यम्खालको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आकस्मात धनलाभको योग रहेको छ । आँटे, ताकेका कार्यहरू पूरा हुनेछन् ।