श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर १७ गते शुक्रबार, ३ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग कृष्णपक्षको चतुर्दशी तिथि १७ः१३ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र विशाखा १३ः५९ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः३८ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दैनिक कार्यमा प्रगति हुनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । सफल यात्राको योग छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रो फड्को मार्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गरेका कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा निराशा र शरीरमा आलश्य छाउला । मनमा अविश्वास उत्पन्न हुने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्रामा मालसामान हराउन सक्छ । प्रेममा मनमुटाव हुन सक्ने योग रहेको छ सचेत रहनुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा शान्ति छाउनेछ । महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । दिन राम्रो छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिश्रम गर्दा धनार्जन हुनेछ । विशेष लाभदायक यात्रा हुन सक्ने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्राविधिक कामबाट समेत फाइदा हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लाभ–हानि, सुख–दुःख बराबरी हुने मध्यम्खालको दिन रहेको छ । आज लगानी नगर्दा बेस होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धार्मिक कार्य सफल रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने देखिन्छ । दिन सामान्य छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ सहयोग पाइनेछ ।