श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर १९ गते आइतबार, ५ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग शुक्लपक्षको प्रतिपदा तिथि ९ः४७ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र ज्येष्ठा ०८ः०४ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः३९ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता पाइनेछ । दिन राम्रो छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाम्पत्य जीवन सुखमय हुनेछ । रमणीय र सुखद् यात्राको योग रहेको छ । यात्रा सफल रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
हर्ष र प्रसन्नता बीचमा समय बित्नेछ । लगनशीलताले कामकाज अगाडि बढ्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभकार्यको चर्चा चल्नेछ ।  धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । दिन राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । दिन राम्रो रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोग गर्नेभन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । छोटो दूरीको सफल यात्रा रहला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोषपद रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक यात्राको योग छ । आफन्तहरूको सहयोगले कामकाज अगाडि बढ्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा समस्या आउला ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक कारोबारमा मन्दी छाउनेछ । तर, आफन्तको साथ र सहयोग भने पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग मिल्नेछ ।