श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर २० गते सोमबार, ६ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग शुक्लपक्षको तृतीया तिथि २ः५१ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र पूर्वषाढा २ः३६ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः४० र सूर्यास्त ५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आँखासम्बन्धी समस्याले सताउन सक्छ । यात्रा गर्दा विशेष सतर्कता अपनाउनु होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट आम्दानी हुनेछ । यात्रा सफल रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वैदेशिक क्षेत्रको कार्य अगाडि बढ्नेछ । सोचेजस्तो आम्दानी हुने देखिन्छ । मन शान्त रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गाको कारोबारबाट सोचेअनुरूप फाइदा रहने छैन ।  स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हड्डीसम्बन्धी समस्याले सताउन सक्छ । पहिलेका कामकाज अधुरै रहनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेमसम्बन्धमा सफलता मिल्नुका साथै मनोरञ्जनमा समय बित्ने देखिन्छ । दिन राम्रो छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । वैदेशिक यात्राको योग रहेको छ । दिन शुभ रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । मन प्रसन्न रहनेछ । दिन राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी क्षेत्रबाट सोचेअनुरूप सहयोग पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सवारी साधन खरिद गर्ने योग रहेको छ । मालसामान हराउन सक्ने समय देखिन्छ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सभासमारोहमा सरिक भइएला । तीर्थयात्रको योग रहेको छ । मन शान्त रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पेटसम्बन्धी समस्याले सताउनेछ । लामो दूरीको यात्रा पनि अधुरै हुने देखिन्छ ।