श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर २१ गते मङ्गलबार,  ७ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग शुक्लपक्षको चतुर्थी तिथि २३ः५९ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र उत्तरषाढा ००ः२६ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि धनु, सूर्योदय ६ः४१ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यापार–व्यवसायमा लाभ हुनेछ । यातायात र वाहनबाट प्रशस्त लाभ मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्साहबद्र्धक नै रहला । श्रमको उचित मूल्याङ्कन हुने देखिन्छ । मन शान्त रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक कार्यमा मन जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । दिन राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशीलताले कामकाज अगाडि बढ्नेछ । सफलताले मनमा उत्साह बढ्नुका साथै शान्ति छाउला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
छोटो दूरीको लाभदायक यात्रा होला । शुभकार्यको चर्चा चल्नेछ । दिन राम्रो छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम पुनः सुरु गर्ने योजना बन्न सक्छ । आर्थिक कारोबारमा सफलता पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभकार्यको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफूले थालेको काम पूरा हुनसक्छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । दिन राम्रो रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 समाजसेवामा मन लाग्नेछ । नयाँ कामको योजना बन्नेछ । दिन राम्रो रहेको छ ।