श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर २२ गते बुधबार, ८ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग शुक्लपक्षको पञ्चमी तिथि २१ः४१ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र श्रवण २२ः५३ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः४१ र सूर्यास्त ५ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नराम्रो कार्यमा मन जानेछ । स्वास्थ्यमा समस्या देखिएला । झमेलाको अवस्था पनि आउन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आँटे र ताकेको कार्य पूरा हुनेछ । धार्मिक, सांस्कृतिक सभा समारोहमा सरिक हुने अवसर मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सद्विचारले अभिप्रेरित हुनेहरूलाई विस्तारै लाभ हुनेछ । रमाइलो र धार्मिक यात्राको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्ने योग परेको छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्योपचारमा धन खर्च हुनेछ । अरूको भलाइका लागि दौडधुुप गर्नु पर्ला । दिन सामान्य छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राज्यबाट मानसम्मान मिल्नेछ । धर्म–कर्म तथा समाजसेवामा मन लाग्नेछ । दिन राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लाभ–हानि, आय–व्यय र सुख–दुःख बराबरी रहेको मध्यम् खालको समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वस्त्र तथा आभूषणको व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राजनैतिक र सामाजिक क्षेत्रबाट सहयोग पाइनेछ । आकस्मिक धनलाभ हुने योग छ ।