श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर २३ गते बिहीबार, ९ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग शुक्लपक्षको षष्ठी तिथि २०ः०७ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र धनिष्ठा २२ः०१ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः४२ र सूर्यास्त ५ः०९ बजे हुनेछ

।मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । भाग्यले विभिन्न अवसर दिलाउनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त हुनेछ । मन प्रसन्न रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । कामको चाप बढ्नेछ भने विवाद पनि बढ्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पु¥याउनु होला । अध्ययन–अध्यापनमा मन जाने छैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा भौतिक सुविधाका वस्तुहरू जुट्नेछन् । पछिसम्म फाइदा हुने कामको जग बस्नेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमसम्बन्ध सफल हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछ । आँखासम्बन्धी समस्याले सताउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गोपनीयता बाहिरीनाले समस्या पर्ला । कामको चाप बढ्ने हुँदा थकाइ महसुस हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हिम्मत गर्दा जटिल कामसमेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पराइहरूले मित्रताका हात अघि बढाउनेछन् । पारिवारिक मेलमिलाप हुनेछ । दिन राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । धेरैले कामको तारिफ गर्नेछन् ।