श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मंसिर २४ गते शुक्रबार, १० डिसेम्बर २०२१ । राक्षस संवत्सर मार्ग शुक्लपक्षको सप्तमी तिथि १९ः२१ बजे सम्म, उप्रान्त अष्टमी नक्षत्र शतभिषा २१ः५७ बजेसम्म, उप्रान्त पूर्वभाद्र , चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः४३ र सूर्यास्त ५ः०९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरवादीहरुबाट अलि सजग रहनुहोला । कामपुरा नभए पनि आर्थिक लाभ हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । पढाईका लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । शत्रुवाधा हट्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थिति अनुसार चल्न नसदा दुःख पाइनेछ । विश्वासपात्राबाट धोका हुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समयमा निर्णय नलिनसक्दा काम रोकिन सक्छ । दिउसो देखि स्थितिमा सुधार आउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनले नयाँ गति लिनेछ । लेखन कलामा पनि निखारता आउनेछ । दिन राम्रो छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चिताएको काममा विहानै जुट्नु होला, सोचे जस्तै सफलता प्राप्त हुने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाजुभाइमा आत्मीयता बढ्नेछ । सानो कमजोरी सच्याउन काम दोहो¥याउनु पर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा प्रगति हुनेछ । लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्ने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आय आर्जनका विविध स्रोतफेला पर्नेछन् । व्यवसायतर्फ पनि प्रसस्त लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले व्यक्तित्व निखार्ने समय छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विछोडिएका आफन्त नजिकिनेछन् । दिगो योजनाको प्रारम्भ हुने देखिन्छ ।