श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर २५ गते शनिबार, ११ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग शुक्लपक्षको अष्टमी तिथि १९ः२४ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पूर्वभाद्र २२ः४१ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः४४ र सूर्यास्त ५ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा अलि सजग रहनु पर्ला । स्वास्थ्यमा समस्या आउनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । आफन्तजनबाट टाढिनु पर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । थोरै लाभमा लोभिँदा व्यर्थैमा खर्च हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आवेशको निर्णय र बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ । बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिहानको समय लाभदायी रहनेछ । पेशा र व्यवसायले पनि राम्रै लाभ दिने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफलका लागि समय पर्खनु पर्ने देखिन्छ । दिन सामान्य छ ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, नाम र प्रतिष्ठा कमाउने बेला छ । समय राम्रो छ ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । धार्मिक यात्राको योग रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी निकायबाट सहयोग प्राप्त हुनेछ । सवारी साधन खरिद गर्ने योग रहेको छ  ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वैदेशिक यात्राको योग रहेको छ । मिष्ठान्न भोजनको योग रहेको छ । दिन उत्तम छ ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आँटेको काममा छुट्याएको लगानी अरूका लागि खर्चनु पर्ने हुन सक्छ । दिन सामान्य रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आयआर्जनका विविध स्रोत फेला पर्नेछन् । गरिएका कर्मबाट उचित प्रतिफल पाइनेछ ।