श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर २७ गते सोमबार, १३ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग शुक्लपक्षको दशमी तिथि २१ः४८ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र रेवती २ः१८ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मीन, सूर्योदय ६ः४५ र सूर्यास्त ५ः१० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रोकिएको काम बन्ने र उठ्नुपर्ने रकम प्राप्त हुनेछ । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ । चल–अचल धनको उपयोग गर्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामहरू बन्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला । आफन्तका साथ सहयोग जुट्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले काममा बाधा पु¥याउनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूको वचन हार्न नसक्दा दुःख पाइनेछ । तर, मिहिनेत गर्दा आयस्रोत बढ्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । समाज सेवामा मन लाग्नेछ । मन शान्त रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुनसक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा गर्न सक्नेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । धेरै फाइदा नहुने काममा समय बित्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नजिकका आफन्त, साथीभाइ टाढिन सक्नेछन् । दोहो¥याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ ।