श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल मङ्सिर २८ गते मङ्गलबार,  १४ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, मार्ग शुक्लपक्षको एकादशी तिथि २३ः५३ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र अश्विनी ४ः५५ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः४६ र सूर्यास्त ५ः१० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विशेषगरी अध्ययन–अध्यापनमा दिन बित्नेछ । सरकारी निकायबाट सहयोग प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक कार्यमा मन जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व बहन गर्दै जिम्मेवारी हात पार्ने मौका छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला । स्वास्थ्यमा पनि ध्यान दिनु होला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला । गोपनीयता बाहिरिनाले काम दोहो¥याउनु पर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बित्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामान्य कामका लागि दौडधुप गर्नु पर्ला । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी महसुस हुनेछ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । छोटो दूरीको यात्रा होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक नेतृत्व प्राप्त हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ ।