विराटनगर । ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टमा विराटनगरको डन बस्को स्कूल र जनक मेमोरियल स्कुल  फाइनलमा  प्रवेश गरेको छ ।

फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार  भएको पहिलो खेलमा विराटनको गोदावरि बोडिङ स्कुलाइ २-० गोलले पराजित गरि   डनबस्को स्कुल फाइनलमा  पुगेको हो ।

जितको लागि डनबस्का विराट रेग्मीले दुई  गोल गरेका थिए । खेलको म्यान अफ द म्याच दुई गोल गर्ने विराट रेग्मी  घोषित भए । सोही दिन भएको दोस्रो खेलमा विराटनगरको एभरेष्ट  स्कुललाइ ४-० गोलको अन्तरले  हराउँदै जनक फाईनलमा पुगेको हो ।

जितको लागि अमित कुमार चौधरि, सौगात सरदार थारु, शुशान्त कुमार माझी र  रोशन कुमार सरदारले गोल गरेका थिए । म्यान अफ द म्याच जनकका अमित कुमार चौधरि घोषित भए ।

आइतबार फाइनल हुनेछ । फाईनलमा उपाधिको लागि डनबस्को र जनक मेमोरियल स्कुल हुनेछ ।

khel-b