श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ ३ गते सोमबार, १७ जनवरी २०२२ । राक्षस संवत्सर पुष शुक्लपक्षको पूर्णिमा तिथि ५ः३९ बजेसम्म, उप्रान्त प्रतिपदा नक्षत्र पूनर्वसु ४ः५४ बजेसम्म, उप्रान्त पूण्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः३२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफन्तसँग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ अतः सचेत रहनु उचित होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । दिन राम्रो छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज मनमा सात्विक विचारहरु र अनुहारमा चमक आउनेछ । दिन राम्रो हरेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । दिन राम्रो छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विद्या र नयाँ ज्ञान बढ्ने छ । आकस्मिक धन लाभ हुनेछ । मन शान्त रहने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नजिकका व्यक्तिबाट विश्वास घात हुन सक्छ । झन्झटिलो काम आइपर्ला सचेत रहनु होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । दिन राम्रो छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कला र गलाको प्रभाव बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । दिन राम्रो छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्वपूर्ण योजना बन्नेछ । दिन शुभ छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यात्रागर्दा सचेत हुनु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । अलि कार्य गर्दा सचेत हुनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दाम्पत्य जीवन सुखमय हुनेछ तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ ।