धरान । हालै नेकपा (एमाले) बाट फुटेर गएको नेकपा एकीकृत समाजवादीले संगठन विस्तारलाई तीव्रता दिएको छ ।
सुनसरीको वराहक्षेत्रका ग्रामीण क्षेत्रहरूमा संगठन विस्तारलाई तीव्रता दिएको हो । पार्टीका जिल्ला उपाध्यक्ष सीताराम पराजुलीका अनुसार वराहक्षेत्रका ११ वडाका टोल बस्तीमा कमिटी गठन गरिरहेको हो ।
यसैबीच बिहीबार वराहक्षे–८ नम्बर वडा कमिटी गठन भएको हो । जसको अध्यक्षमा मानबहादुर तिगेला, उपाध्यक्षमा मेधनाथ भण्डारी, सचिवमा भरत बराल, उपसचिव अम्बिका पौडेल भट्टराई र गोविन्द तिम्सीनासहितको ५१ सदस्यीय समिति गठन गरेको हो ।
कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य केशव तिम्सिना, प्रदेश कमिटी सदस्य दुर्गा कन्दङ्वालगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।