श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ १४ गते शुक्रबार, २८ जनवरी २०२२ । राक्षसनाम संवत्सर, माघ कृष्णपक्षको एकादशी तिथि २३ः५२ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र अनुराधा ७ः२६ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः५२ र सूर्यास्त ५ः४१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटे ताकेको कार्य पूरा होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सन्तान टाढिन सक्छन् । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुद्धि र विवेकको प्रयोग गर्नसके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तराद्र्धमा धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार प्राप्त गर्ने समय छ । समाजसेवामा मन जानेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ । रोकिएका काम दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उद्योग र व्यापार–व्यवसायमा फाइदा हुनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यावसायिक काममा चुनौती देखिए पनि घरमा लक्ष्मी भित्र्याउने समय छ । मेहनत गर्दा दिगो फाइदा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साझेदारी तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा अरूको भर पर्नुभन्दा परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । दिन सामान्य छ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार प्राप्त गर्न सकिनेछ ।