श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ २१ गते शुक्रबार, ४ फरवरी २०२२ । राक्षस संवत्सर माघ शुक्लपक्षको चतुर्थि तिथि ४ः०६ बजे सम्म, उप्रान्त पञ्चमी नक्षत्र पूर्वभाद्रा १६ः१३ बजेसम्म, उप्रान्त उत्तरभाद्रा , चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः४८ र सूर्यास्त ५ः४६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ । पेटसम्बन्धी समस्या आउला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला । यात्रा खर्चिलो र कष्टकर हुन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
छरछिमेकमा असमझदारी बढ्नेछ । होसियारीसाथ काम लिनुहोला । सोचेको नतिजा तत्कालप्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र, आभुषणको व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ । मन प्रफुल्लित रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आखा सम्बन्धी समस्याले सताउन सक्छ । बन्धुवान्धवको सहयोग प्राप्त हुने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अस्वस्थताले आफुलाई कमजोर भएको अनुभुति हुनेछ । अरुको विश्वास गर्दा धोका हुनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । पढाईलेखाइमा त्यति समय दिन नसकिएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ । मानसिकचिन्ता बढ्ना सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो प्रतिफलबाट अरुले फाइदा उठाउन सक्छन् । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । आज अलि सावधान रहनु पर्ने समय देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अप्ठ्यारा परिस्थितिले कार्यमा विलम्ब हुनेछ । समयको तालमेल नमिल्दा आफ्ना विषयमा अरुले दावि गर्लान् ।