श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ २४ गते सोमबार, ७ फरवरी २०२२ । राक्षसनाम संवत्सर, माघ शुक्लपक्षको सप्तमी तिथि ६ः३५ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र अश्विनी १९ः१५ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः४६ र सूर्यास्त ५ः४९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । पारिवारिक मेलमिलापका साथै स्वादिष्ट भोजन प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कृषिजन्य व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । सवारी साधन चलाउँदा विचार पु¥याउनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमसम्बन्ध सफल हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पेटसम्बन्धी समस्याले सताउन सक्छ । थालिएका कामकाज अधुरै रहनेछन् । दिन सामान्य छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा लगानी गर्दा पछिका लागि फाइदा हुनेछ । मनोरञ्जनमा दिन बित्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक क्षेत्रमा रुचि बढ्नेछ । वस्त्र तथा आभूषणको व्यवसायबाट मनग्य आम्दानी हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वाणीका कारणले गर्दा बन्न लागेका काम पनि बिग्रन सक्छ । व्यवसायमा पनि नोक्सानी हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी निकायबाट सहयोग पाइनेछ । रोकिएका कामकाज सजिलै सम्पादन हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । यात्रा गर्दा सचेत रहनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चुनौती पन्छाएर काम सफल पार्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । दिन राम्रो छ ।