विजयपुर । नेपाली काङ्ग्रेसका पूर्व नगर सभापति किशोर राईले वडा नं. १२ पार्टी कार्यालयलाई होर्डिङ बोर्ड र स्टेशनरी सामग्री प्रदान गरेका छन् ।
शनिबार धरान–१२ स्थित वडा कार्यालयमा एक कार्यक्रम गरी नेपाली काङ्ग्रेस धरान उपमहानगर १२ नं. वडा समिति लेखिएको बोर्ड प्रदान गरेका हुन् । उनले १४ औँ महाधिवेशनमा गरेको प्रतिबद्धता अनुरूप बोर्ड र स्टेशनरी सामान प्रदान गरेका हुन् ।
कार्यक्रममा पूर्व प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ, नगर सभापति श्याम पोखरेल, जिल्ला सह–सचिव गणेश सुब्बालगायतको उपस्थिति रहेको थियो ।