विजयपुर । परिवर्तनशील समाज नेपालको अध्यक्षमा विश्वराज भण्डारी चयन भएका छन् ।

शनिबार धरानस्थित होटल धरान किचनमा सम्पन्न विशेष अधिवेशनबाट भण्डारी अध्यक्षमा चयन भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा पूर्ण राई चयन भएका छन् ।

उपाध्यक्षमा कृष्णप्रसाद सुवेदी (बहुदल) र उर्मिला प्रधान चयन भएका छन् । सचिवमा माधव बास्तोला, सह–सचिवमा राजकुमार थापा, कोषाध्यक्षमा कल्पना रोइला र प्रवक्तामा सङ्गीता वाहिङ चयन भएका छन् ।

समितिको सदस्यहरूमा अनुपमा सुनुवार, किरण आचार्य, देउमान पाङ्मा लिम्बू, सरिता लिम्बू, नेत्रकुमारी राई, प्रमोद श्रेष्ठ, परमिला गुरुङ, राहुल सुवेदी, सङ्गीता राई, शारदा भट्टराई, माधवप्रसाद वाग्ले, लीला थापा र सुरज अधिकारी चयन भएका छन् ।

चयन भएका पदाधिकारीहरूलाई १ नं. कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस प्रदेश समितिका सदस्य गणेश परियारले प्रमाण–पत्र प्रदान गरेका थिए ।