श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन ४ गते बुधबार, १६ फरवरी २०२२ । राक्षस संवत्सर माघ शुक्लपक्षको पूर्णिमा तिथि २२ः४६ बजे सम्म, उप्रान्त प्रतिपदा नक्षत्र अश्लेषा १५ः३१ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः४० र सूर्यास्त ५ः५५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सरकारी कामकाजहरुका क्षेत्रमा वातावरण सहज बन्नेछ ।राजनिति तथा सरकारी क्षेत्रमा सफलता मिल्नेछ ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला अलि सचेत भएर कार्य गर्नुहोला ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

शुभ चिन्तकहरुले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली बिक्ने समय छ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

गरेको कामबाट ढिलासुस्ती हुनेछ । बेसुरमा बचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । सरकारी निकायबाट सहयोग प्राप्त हुनेछ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइने देखिन्छ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दुध तथा कृषि व्यापार–व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ । वैदेशिक क्षेत्रको काम अधि बढ्न सक्छ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आँखासम्बन्धी समस्याले सताउन सक्छ । लामो दुरीको यात्रा गर्दा सचेत भएर अघि बढ्नुहोला ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकरात्मक बनाउने समय रहेको छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

गरेको कामबाट ढिला सुस्ती हुनेछ । बेसुरमा बचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कुनै उच्च सरकारी पदाधिकारी या उच्च अख्तियारीमा रहेका महत्वपूर्ण व्यक्तिहरुसँग तपाइको भेट हुनेछ ।