श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन ५ गते विहिबार, १७ फरवरी २०२२ । राक्षस संवत्सर फाल्गुन कृष्णपक्षको प्रतिपदा तिथि २२ः५८ बजे सम्म, उप्रान्त द्वितिया नक्षत्र मघा १६ः२६ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः३९ र सूर्यास्त ५ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफन्तसँग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ । अतः सचेत रहनु उचित होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिन फाइदा पुग्नेछन् । दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वृद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ । छोटो दुरिको यात्रा होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दवाव र तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेत गर्दा कार्यसिद्धिको समय छ । साँझेदारी आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तको उपहारले प्रसन्नता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अस्वस्थ्यताले काममा बाधा पुग्न सक्छ । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सानो प्रयासले धेरैको भलाइ हुन सक्छ । रोकिएका काम सम्पादन हुनेछन् । मन शान्त रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक कार्यमा मन लाग्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रयत्न गर्दा व्यापार साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मुल्य पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो लाभांशमाथि अरुले दावी विरोध गर्न सक्छन् । ईष्र्या गर्नेहरुबाट निकै सावधान हरनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज अध्यापनका क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पारिवारिक सुख मिल्ने छ ।