श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन ७ गते शनिबार, १९ फरवरी २०२२ । राक्षस संवत्सर फाल्गुन कृष्णपक्षको तृतिया तिथि २२ः११ बजे सम्म, उप्रान्त चतुर्थि नक्षत्र उत्तरफाल्गुनी १७ः०३ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः३७ र सूर्यास्त ५ः५७ बजे हुनेछ ।
हतारको निर्णयले काम रोकिन सक्छ । वेसुरमा दिएको बचनले अप्ठ्यारो पर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विशेष योजना सार्वजनिक नगर्नु होला । दिगो योजनामा अघिबढ्दा लाभ मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
हल्लाको पछिलाग्दा व्यर्थैमा दुःखपाइनेछ । आफ्ना कामबाट अरुले फाइदा उठाउनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहपाठीहरुलाई उछिल्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिनेछ । मन प्रसन्न रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थितिवश सानोतिनो समस्याले अल्झाउनेछ । मिहिनेतीहरुका लागि भने समय उत्साहजन छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वैदेशिक यात्राको योग रहेको छ । हड्डी सम्बनधी समस्याले सताउन सक्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वलभन्दा बृद्धिको उपयोगले फाइदा दिलाउनेछ । नयाँ कामको प्रारम्भ हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा जमिनको कारोबारबाट सोचेजस्तो आम्दानी नरहदा मनमा निरास छाउने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिस्पर्धामा विजयी भइनेछ भने इष्र्या गर्नेहरुले हार खानेछन् । धर्मकर्ममा रुचि बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
छिटो फलप्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरुकालागि बुद्धि र श्रम खर्चनुपर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभ चिन्तकहरुको सहयोग जुट्नेछ भने अप्ठ्यारो स्थितिमा सुधार आउनेछ । दिन राम्रो छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरुको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ ।