विजयपुर । नेपाली काङ्ग्रेस प्रदेशसभा सुनसरी क्षेत्र नं. १ (१) क्षेत्रीय समितिको प्रवक्ताको जिम्मेवारी युवराज शङ्करलाई दिइएको छ ।
आइतबार पार्टीले विभिन्न विभागको जिम्मेवारी बाँडफाड गर्दै प्रवक्ताको जिम्मेवारी दिएको हो । शङ्कर समितिका निर्वाचित सचिव हुन् । उनलाई प्रवक्ता साथै शान्ति सुरक्षा तथा प्रशासन विभागको संयोजकको जिम्मेवारी पनि दिइएको छ । अन्तरपार्टी सम्पर्क विभागको संयोजक प्रदिप शाक्य, कृषि तथा सहकारी विभागको संयोजक झुमादेवी राई चयन भएका छन् ।
सङ्गठन विभागमा संयोजक राजेन्द्र राई, भातृ सङ्गठन विभागमा हरिप्रसाद ओझा, स्वास्थ्य विभागमा रमिता श्रेष्ठ, आर्थिक विभागमा रमिना सुब्बा, अव्यवस्थित बसोबास बस्ति संरक्षण विभागमा डम्बरबहादुर राई (सुवास) , महिला विभागमा कुसुम लता ओली, तरुण विभागमा किरण राई, युवा तथा खेलकुद विभागमा रोशन रेग्मी, सुभेच्क्षुक संस्था समन्वय विभागमा मञ्जिल कसजु, शिक्षा विभागमा रविन आचार्य, जनप्रतिनिधि समन्वय विभागमा रहिसा कसजु, श्रमिक तथा ट्रेड युनियन विभागमा रमेश बस्नेत, वन, वातावरण तथा विपद व्यवस्थापन विभागमा खगेन्द्र देवान, मारवाडी समुदाय समन्वय विभागमा नरेश अग्रवाल, मुस्लिम समुदाय समन्वय विभागमा औसाद आलम, पेशागत तथा बुद्धिजिवी समन्वय विभागमा बिद्या शाक्य र संस्कार संस्कृति संरक्षण विभागमा बिष्णु मोक्तानलाई जिम्मेवारी दिइएको छ ।