श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन २९ गते आइतबार, १३ मार्च २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन शुक्लपक्षको दशमी तिथि १०ः४१ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पुनर्वशु २०ः२२ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः१५ र सूर्यास्त ६ः१० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत गरेमा कार्यसिद्धिको योग छ । साँझदेखि आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूका काममा धेरै समय अल्मलिनु पर्ला । हतारमा कार्य गर्दा काम दोहोर्याउनु पर्ने हुनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रयत्न गरे व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्ने समय रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्यापनका क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पारिवारिक सुख मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मान–सम्मान मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । समय राम्रो छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्भावना देखिए पनि उपलब्धि हातपार्न समय लाग्नेछ । आफ्नो श्रम परे पनि फाइदा अरूले लिनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक ठाउँमा धन खर्च हुनसक्नेछ । निर्णय कार्यान्वयन हुन नसक्ने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो बुद्धिले काम नगर्न सक्छ । अतः सचेत रहेर अघि बढ्दा राम्रो होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । वैदेशिक कार्य पनि राम्रो हुनेछ । दिन राम्रो छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धार्मिक कार्यमा रुचि बढ्नेछ । अरूलाई प्रभावित पारेमा काम बन्नेछ । मन प्रसन्न रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राजनैतिक क्षेत्रमा बाधा आउनेछ । नराम्रा आरोपहरू लाग्ने सम्भावना रहेको देखिन्छ ।