श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन ३० गते सोमबार, १४ मार्च २०२२ । राक्षस संवत्सर फाल्गुन शुक्लपक्षको एकादशी तिथि १२ः२५ बजेसम्म, उप्रान्त द्वादशी नक्षत्र पुष्य २२ः२५ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि ककर्ट सूर्योदय ६ः१४ र सूर्यास्त ६ः११ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) बिहानको काम सन्तोषजनक नभए पनि विस्तारै मनको डर हराउनेछ । अध्ययनमा रुची बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सेयर कारोबार गर्दा प्रसस्त लाभ मिल्नेछ । पेटसम्बन्धी समस्याले सताउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट प्रसस्त लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेम सम्बन्धमा खटपटी हुनेछ । बन्नै लागेका कार्यहरु पनि रुकावट आउनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विशेष काम गर्न बिहानको समय अनुकुल हुनेछ । अग्रजको सहयोग लिदा राम्रो हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) वेसुरमा वचन दिने बानिले समस्या निम्त्याउनेछ । साझेदारीमा असमझदारी बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आस लागेको काम विग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ । हतारमा निर्णय नलिनु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अर्थ अभागले सताए पनि आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ । छोटो दुरीको यात्रा रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सेवामूलक कार्यले प्रतिष्ठा दिलाउनेछ । लगनशीलताले उपब्धिको श्रोत प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) पहिलेको काम पुरा हुन साथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ । आयश्रोत बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) वुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । काममा शुभचिन्तकहरुले साथ दिनेछन् ।