श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत १ गते मङ्गलबार, १५ मार्च २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन शुक्लपक्षको द्वादशी तिथि १३ः३३ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र अश्लेषा २३ः५१ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः१३ र सूर्यास्त ६ः११ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुरुमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्नेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तारिफयोग्य कामले प्रशंसा पाइनेछ । मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायमा फाइदा कम भए पनि स्वाभिमानको रक्षा गर्न सफल भइने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । केही आम्दानी हुने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रमको उचित मूल्य पाइनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी पनि बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा लगानी बढाउनुपर्ने हुनसक्छ । खर्चिलो काम थालनी हुने समय रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले पहिलेको स्थितिमा सुधार आउनेछ । गुमेको स्थान प्राप्त हुनाले हौसला बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । साथै स्वास्थ्यमा सुधार आउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी निकायबाट सहयोग प्राप्त हुनुका साथै कामकाज सजिलै सम्पादन हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आँखासम्बन्धी समस्याले सताउन सक्नेछ । वैदेशिक यात्राको योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सवारी साधन खरिद बिक्री हुनेछ भने अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । मन प्रसन्न रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायमा आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । मिष्ठान्न भोजन पनि प्राप्त होला ।