श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत २ गते बुधबार, १६ मार्च २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन शुक्लपक्षको त्रयोदशी तिथि १४ः०१ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र मघा ००ः३९ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः१२ र सूर्यास्त ६ः१२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यवसायमा लगानी गर्दा पछिका लागि फाइदा हुनेछ । प्रेमसम्बन्धमा सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कृषिजन्य व्यवसाय गर्नेहरूका लागि समय अति राम्रो छ । नसोचेको स्थानबाट धन प्राप्ति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिले गरेको मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । दैनिक कामबाट पनि उल्लेख्य फाइदा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । विशिष्ट व्यक्तिहरूबाट सहयोग पाइनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खर्च लागे पनि लगानीको अवसर जुट्न सक्छ । दिगो योजनाका लागि लगानी गर्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कठोर परिश्रम गर्नुपर्ने समय छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्ने समय रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेममा मनमुटावका साथै अनावश्यक यात्रा हुनेछ । विद्या र बुद्धिको विकास हुने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापारबाट सोचे जस्तो लाभ प्राप्ति हुने योग छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर, व्यवहारको समस्याले सताउनेछ ।