श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत ३ गते बिहीबार, १७ मार्च २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन शुक्लपक्षको चतुर्दशी तिथि १३ः५१ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र पूर्वफाल्गुनी ००ः५१ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः११ र सूर्यास्त ६ः१३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । दिन राम्रो छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक तथा सामाजिक महŒवका क्षेत्रमा भ्रमण हुनसक्छ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आँटेको काममा सफलता नमिल्न सक्ने देखिन्छ । गरेका काममा ढिलासुस्ती आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बोलीको भरमा कार्य सम्पादन हुनेछ । कतै धुम्न जाने योजना बन्न सक्ने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला । छोटो दूरीको यात्रा होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएको धन हातपर्नेछ तर, साँझपख पैसा खर्च हुने योग रहेको छ । दिन सामान्य छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार–व्यवसायबाट विशेष लाभ हुने देखिन्छ । तीर्थयात्राको योग रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेका मित्रजनले साथ दिनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइने छैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । सोचेका काम पूरा हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो चलाखीले कार्य सिद्ध हुनेछ । शुभसमाचार सुन्न पाइएला । दिन राम्रो छ ।