श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत ४ गते शुक्रबार, १८ मार्च २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन शुक्लपक्षको पूर्णिमा तिथि १३ः०७ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र उत्तरफाल्गुनी ००ः३३ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः१० र सूर्यास्त ६ः१३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बन्धुबान्धवबाट विशेष सहयोग हुनेछ । प्राविधिक काममा सफलता मिल्ने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । एकपछि अर्को अवसर प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अकस्मात धनलाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । दिन राम्रो छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा दुविधा उत्पन्न हुन सक्नेछ । विचार पुर्याएर कामकाज गर्नुपर्ने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घरव्यवहारको समस्याले सताउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्थान परिवर्तनको विशेष योग देखिन्छ । मनोरञ्जनमा सहभागी भइएला । दिन राम्रो छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घुमधाम तथा सफल भ्रमणमा दिन बित्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ । स्वास्थ्यमा भने समस्या देखापर्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक तथा सामाजिक कार्यमा विशेष रुचि बढ्नुका साथै सामाजिक प्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चिताएको कामले तीव्रता लिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । दिन राम्रो रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लगनशीलताले कामकाज अगाडि बढ्नेछन् । चिताएको कामले तीव्रता लिनेछ ।