श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत ५ गते शनिबार, १९ मार्च २०२२ । राक्षसनाम संवत्सर, चैत कृष्णपक्षको प्रतिपदा तिथि ११ः५५ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र हस्ता २३ः५२ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः०९ र सूर्यास्त ६ः१४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ । पहिलेका समस्या दोहोरिनाले दोधारमा परिएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गोपनीयता बाहिरिनाले समस्या पार्न सक्छ । विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । मिहिनेतले प्रतिस्पर्धामा जिताउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मित्रता र प्रेमको बन्धन कसिनेछ । अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विलासितामा धन खर्च गर्नुपर्ने परिस्थिति आउला । वादविवादमा अघि नसर्नु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
उपलब्धिको स्रोत प्राप्त हुनेछ । राम्रो नतिजाले उत्साह जगाउनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आँटेको र ताकेको कार्य अघि बढ्नेछ ।  पारिवारिक सहयोग र सद्भाव बढ्ने समय रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा सजग रहनुहोला ।  अध्ययनमा रुचि नहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।