श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत ६ गते आइतबार, २० मार्च २०२२ । राक्षसनाम संवत्सर, चैत्र कृष्णपक्षको द्वितीया तिथि १०ः२२ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र चित्रा २२ः५२ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः०७ र सूर्यास्त ६ः१४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बुद्धिको उपयोग गर्दा जटिल ठानिएका कामसमेत सम्पादन हुनेछन् । शुभसमाचार सुन्न पाइएला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनोरञ्जनपूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानी बढाउने कामको योजना सुरु हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउने समय रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार–व्यवसाय सामान्य होला । पुनर्मिलनको योग पनि रहेको छ । दिन राम्रो छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्म–कर्म तथा परोपकार र समाजसेवाजस्ता कार्यमा मन लाग्नेछ । जोस, जाँगर बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आकस्मिक यात्राको अवसर आउन सक्छ । यात्राबाट लाभ नै मिल्नेछ । दिन राम्रो छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काम देखाएर अरूको मन जित्न सकिनेछ । यात्रा सफल रहनेछ । दिन राम्रो छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेमसम्बन्धमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट प्रशस्त लाभ मिल्नेछ । मन शान्त रहला ।