श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत ७ गते सोमबार, २१ मार्च २०२२ । राक्षसनाम संवत्सर, चैत कृष्णपक्षको तृतीया तिथि ८ः३४ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र स्वाती २१ः४२ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः०६ र सूर्यास्त ६ः१५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सानातिना बाधा अवरोध आइलागे पनि काम रोकिने छैन । शुभकार्यको चर्चा चल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कसैसँग कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । सानातिना समस्यामा अल्झनु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकाय र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चिताएको कामले तीव्रता लिने र सफलता पाइनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मानसिक चिन्ता बढे पनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर भारी र मन अस्थिर रहने देखिन्छ । राजनैतिक कार्यमा बाधा आउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । आर्थिक क्षेत्र भने सामान्य नै रहने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ योजना, अवसर र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । व्यवसायले पनि साथ देला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
इष्ट–मित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । कुनै कुराले मनमा उत्साह छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रेमीकाको सहयोग पाइनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दिन राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्राविधिक कार्य सफल हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । मन प्रसन्न रहला ।