श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत ८ गते मङ्गलबार, २२ मार्च २०२२ । राक्षसनाम संवत्सर, चैत कृष्णपक्षको चतुर्थी तिथि ६ः३७ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र विशाखा २०ः२५ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः०५ र सूर्यास्त ६ः१५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ । समाजले पदीय जिम्मेवारी दिलाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ । नसोचेको अवसर प्राप्त हुनेछ ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यले विभिन्न अवसरहरू दिलाउनेछ ।  उपलब्धिको स्रोतहरू पहिल्याउन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूको काममा जुट्नु परे पनि फाइदा भने आफैलाई हुने देखिन्छ । मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नोकरी तथा व्यवसायमा फाइदा हुनेछ । कामले धेरैको मन जित्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रुचिका विषयमा लगानी बढाउन सकिनेछ । अकस्मात धन प्राप्ति हुने समय रहेको देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 पारिवारिक समस्याका कारण मानसिक चिन्ता बढ्नेछ । शरीरमा आलश्य छाउनेछ ।