श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत १० गते बिहीबार, २४ मार्च २०२२ । राक्षसनाम संवत्सर, चैत्र कृष्णपक्षको सप्तमी तिथि ००ः२७ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र ज्येष्ठा १७ः४३ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः०३ र सूर्यास्त ६ः१६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
फाइदा हेर्दा कामकाज बिग्रन सक्ला । केही सावधानी अपनाउनु पर्ने समय रहेको छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साथीभाइको सहयोगले हिम्मत बढ्नेछ । मेहनतले राम्रो उपलब्धि प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारबाट मगग्य आम्दानी हुनेछ । मान्यजनका सहयोगबाट फाइदा हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । दिन राम्रो रहेको छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक यात्राको योग पनि रहेको देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशिक क्षेत्रमा रुचि बढ्नेछ । कला र गलाको प्रभाव बढ्ने समय रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार–व्यवसायबाट आम्दानी हुनेछ । शुभसमाचार सुन्न पाइएला । दिन राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चिन्ता छाडेर चिन्तन गर्ने समय छ । शत्रु पनि क्षय होलान् । मन शान्त रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित हुने देखिन्छ । समय मध्यम् रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । धार्मिक क्षेत्रमा रुचि बढ्ने समय रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आभूषणजन्य व्यवसायबाट मनग्य लाभ मिल्नेछ । मन प्रसन्न रहला । दिन राम्रो रहेको छ ।