श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत ११ गते शुक्रबार, २५ मार्च २०२२ । राक्षसनाम संवत्सर, चैत्र कृष्णपक्षको अष्टमी तिथि २२ः२३ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र मूल १६ः२३ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः०२ र सूर्यास्त ६ः१७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
साथीभाइसित भेटघाट र रमाइलो गरिनेछ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दिन राम्रो छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दाम्पत्य जीवन सुखमय हुनेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । मन शान्त रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक कार्यमा मन जानेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्ने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । महिला वा आफन्तबाट विशेष सहयोग मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । बहुमूल्य वस्तु हातपर्न सक्छ । दिन राम्रो रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा हर्ष, उमङ्ग र उत्साह पनि बढ्ला । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक तथा सामाजिक कार्यमा विशेष रुचि बढ्नुका साथै सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । दिन राम्रो छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित हुने देखिन्छ । समय मध्यम् छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा निराशा र शरीरमा आलश्य आउला । कार्यमा बाधा उत्पन्न हुन सक्ने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषणको व्यवसायबाट मनग्य लाभ मिल्नेछ । मन प्रसन्न रहला ।