श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत १३ गते आइतबार, २७ मार्च २०२२ । राक्षसनाम संवत्सर, चैत्र कृष्णपक्षको दशमी तिथि १८ः२५ बजे सम्म, उप्रान्त एकादशी, नक्षत्र उत्तरषाढा १३ः५० बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि धनु, सूर्योदय ६ः०० बजे र सूर्यास्त ६ः१८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । व्यवसायमा वृद्धि हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भैपरी आउने खर्च बढ्नाले अर्थ अभावको स्थिति रहनेछ । स्वास्थ्यमा समस्या आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । समयमै सावधानी नअपनाउँदा फाइदा गुम्न सक्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । फलदायी यात्रा हुनसक्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तसँग भेटघाट हुनाले मन हर्षित रहनेछ । विशेष उपहार प्राप्त हुनसक्ला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले प्रतिष्ठा, मान–सम्मान आदि प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । छोटो दूरीको यात्रा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिरनले व्यक्तित्वमा निखार ल्याउनुका साथै जीवनशैलीमा परिवर्तन आउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली र व्यवहारमा अलि सजग रहनु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो श्रमबाट फाइदा हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनमा प्रगति हुनेछ । ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ । नयाँ अवसर मिल्नेछ ।