श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत १४ गते सोमबार, २८ मार्च २०२२ । राक्षसनाम संवत्सर, चैत्र कृष्णपक्षको एकादशी तिथि १६ः३५ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र श्रवण १३ः४२ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः५९ बजे र सूर्यास्त ६ः१८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
जोसमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कृषिजन्य व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । व्यवसायमा लगानी गरे प्रशस्त लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शत्रुपक्षसँग सावधान रहनुहोला । समय मध्यम् रहेको छ । यात्रा कष्टकर देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयत्न गरे कृषि तथा पशुपालनबाट केही फाइदा मिल्नेछ । थालेको समयमा काम बन्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । समाजसेवामा मन जानेछ । दिन राम्रो छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेमसम्बन्धमा सफलता मिल्नेछ । भ्रमणको योग देखिन्छ । मन शान्त रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला तथा साहित्यमा रुचि बढ्नेछ । सवारी साधन चलाउँदा सचेत रहनु होला । दिन सामान्य छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बहुमूल्य वस्तु हराउन सक्नेछ । घरपरिवारमा कलह बढ्न सक्ला । दिन सामान्य छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
थालिएका काममा ढिलासुस्ती हुनेछ । वैदेशिक यात्रा अधुरै रहने देखिन्छ । दिन सामान्य छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसरका साथै चुनौतीसमेत देखापर्ने समय छ । आर्थिक लाभ हुने योग छैन । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका आउला । स्वास्थ्य पनि राम्रो नै रहनेछ । फलदायी यात्रा होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आपसमा मतभेद भए पनि सहयोगीहरूले साथ दिनेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ ।