श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत १५ गते मङ्गलबार, २९ मार्च २०२२ । राक्षसनाम संवत्सर, चैत्र कृष्णपक्षको द्वादशी तिथि १४ः५८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र धनिष्ठा ११ः४५ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः५८ बजे र सूर्यास्त ६ः१९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नयाँ स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ योजना र अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । दबाव र तनाव बढेको महसुस हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रचनात्मक कार्यमा मन जानेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेमसम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । मङ्गल कार्यको योजना बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक क्षेत्र र नोकरीबाट मान–सम्मान मिल्नेछ । चिताएको कामले तीव्रता पनि लिन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफूसँग भएको क्षमता प्रदर्शन पर्ने अवसर जुट्ला । नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कुनै असल कुराले मनमा शान्ति छाउनेछ । रोकिएका र अधुरा काम पुनः सुरु हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्नेछ । व्यवसायमा नोक्सानी व्यहोर्नु पर्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमाइलो यात्राको सम्भावना छ । व्यवसायबाट दीर्घकालीन फाइदा पुग्नेछ । दिन राम्रो छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार–व्यवसायमा उन्नति प्रगति हुने योग रहेको छ । फलदायी यात्रा हुनेछ । दिन राम्रो देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ । मन प्रसन्न रहला । दिन रमाइलोमा बित्नेछ ।