श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत १६ गते बुधबार, ३० मार्च २०२२ । राक्षसनाम संवत्सर, चैत्र कृष्णपक्षको त्रयोदशी तिथि १३ः३७ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र शतभिषा ११ः०४ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः५६ बजे र सूर्यास्त ६ः१९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तर्क, विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक कार्यमा सरिक हुने सम्भावना छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोकिएको काम दोहोर्याएर प्रयत्न गरे फाइदा हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मान, सम्मान पाउनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयत्न गरे व्यापार, साझेदारी र सट्टापट्टाबाट लाभ मिल्नेछ । श्रमको उचित मूल्य पाइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक कार्यमा मन जानेछ । दिन राम्रो छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । मन शान्त रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिश्रमको फल प्राप्त हुनुका साथै आय आर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ । अरूको विश्वास जित्न केही समय लाग्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वैदेशिक यात्राको योग रहेको छ । नसोचेको स्थानबाट धनागमन हुने समय देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला । शुभचिन्तकहरूका माध्यमबाट धन प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । परिवारमा केही असमझदारी बढ्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राजनैतिक क्षेत्रबाट सफलता पाइनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।