श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत १७ गते बिहीबार, ३१ मार्च २०२२ । राक्षसनाम संवत्सर, चैत्र कृष्णपक्षको चतुर्दशी तिथि १२ः४० बजेसम्म, उप्रान्त औंसी, नक्षत्र पूर्वभाद्र १०ः४५ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि मीन, सूर्योदय ५ः५५ र सूर्यास्त ६ः२० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । उधारोमा व्यापार होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विदेश यात्रा, व्यापारमा घाटा तथा खर्च बढ्नेछ । आफन्त टाढा हुनेछन् । दिन सामान्य छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्चले मन अताल्लिए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । मिष्ठान्न भोजन मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्नेछ । विचार सम्प्रेषण गर्नुअघि विचार पु¥याउनु होला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा लगानी बढाउनुपर्ने हुनसक्छ । खर्चिलो काम थालनी हुने समय रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले पहिलेको स्थितिमा सुधार आउनेछ । गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वित्तीय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजन पनि मिल्नेछ । समय उत्तमखालको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सवारी साधन खरिद बिक्री हुनेछ भने अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । मन प्रसन्न रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मन भावुक र उत्ताउलो बन्नेछ । आफू संयमित बन्नु होला । दिन सामान्य छ ।