श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत १८ गते शुक्रबार, १ अप्रिल २०२२ । राक्षसनाम संवत्सर, चैत कृष्णपक्षको औंसी तिथि १२ः११ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र उत्तरभाद्र १०ः५४ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ५ः५४ बजे र सूर्यास्त ६ः२० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पूरा हुनेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेममा सफलता पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान् । साँझपख धन खर्च हुने योग रहेको देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्मघाती कार्य गर्न पुगिएला । महत्वपूर्ण अवसर गुम्न सक्ने देखिन्छ । अलि सजग रहनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमणीय र सुखद् यात्राको योग छ । नयाँ कामको योजना बन्नेछ । दिन राम्रो रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । पारिवारिक जमघटमा सहभागी भइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
टाढाका नातागोता वा परिवारजनसँग प्रविधिमार्फत् भेटघाट हुनेछ । दिन राम्रो छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्यमा वाधा आउनेछ । सरकारी निकायको भय रहने देखिन्छ । दिन मध्यम् रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । मालसामान हराउन सक्छ । अलि सावधानी अपनाउनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कीर्तिमानी काम गर्ने समय छ । चतुर्याइँले सङ्कल्प सिद्ध हुनेछ । दिन राम्रो छ ।