धरान । पार्टीलाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेसका इनरुवाका नगर सभापति राजन मेहतालाई कारबाही गर्न माग गरिएको छ । 

स्थानीय तहको चुनावमा अन्तरघात गरेको भन्दै पार्टीको जिम्मेवारीबाट हटाउन कांग्रेसका नेता कार्यकर्ताले माग गरेका हुन् । पार्टीका जिल्ला सभापति केदार भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै कारबाही गर्न माग गरिएको हो । कांग्रेसले १० वटै वडा जित्ने सम्भावना हुँदाहुँदै पनि व्यक्तिगत स्वार्थका कारण बागी उम्मेदवार उठाई पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ । 

281698574_1212276159516172_2912789890666235333_n

स्थानीय तहको निर्वाचनमा इनरुवा २ बाट उम्मेदवार बनेका रञ्जेस भट्टराई, ३ का रोशन खड्का, ८ का रविन्द्र मण्डल र ९ का कृष्णदेव मेहताले कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । पार्टी सभापति भण्डारीले आफू यसबारे गम्भीर रहेकाले छानबिनका लागि पहल गर्ने बताए ।