श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल जेठ २४ गते मङ्गलबार, ७ जुन २०२२। नलनाम संवत्सर, ज्येष्ठ शुक्लपक्षको सप्तमी तिथि,८ः१२ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पूर्वफाल्गुनी भोलि ०४ः०४ बजेसम्म, उप्रान्त  उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्याेदय ५ः०७ बजे र सूर्यास्त ६ः५७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । सुखद् समाचारले दिन उत्साहपूर्ण बित्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्म र कर्ममा मन लाग्नेछ । दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्रजनबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारआदि प्राप्त हुनेछ । छोटो दूरीको यात्रा होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्रामा सचेत रहनु होला । साँझपख भने कुनै कुराले मन खुसी हुने देखिन्छ । दिन सामान्य रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दाम्पत्य सम्बन्ध बलियो र सुदृढ हुनेछ । वित्तीय संस्थाबाट सहयोग पनि पाइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूको व्यवहारले शङ्का उब्जाए पनि प्रियजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विवादास्पद काममा जुट्नु परे पनि धन आर्जन हुनेछ । नतिजा कमजोर भए पनि काममा उत्साहित भइएला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ । सानो प्रयत्नले नै काम बन्नेछ । सहयोगीहरूले साथ दिनेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायमा लगानी बढाउनुका साथै धन जुटाउन सकिएला । केही खर्च भए पनि फाइदा हुने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धन बाहिरिने योग देखिन्छ । आम्दानी रोकिनाले कामकाजमा कठिनाइ हुन सक्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।